|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का निमित्त उपकुलपति प्राडा शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।

सोमवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले सो माग गरेकी हुन्।

सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन्।

उनले निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दावीसमेत गरिन्। लम्सालको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाई थियो।

‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन‚ कानूनसम्मत भएन। नम्बर वन त्यो हो तर कार्यवाहकले त्यस्तो भन्न पाउँदैन‚’ उनले भनिन्, ‘अहिलेको टियूको कार्यवाहकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसाबले मैले जति सक्छु भागबण्डा गर्छु भन्ने ध्येयले काम गर्छ भने त्यो मान्छे टियूको भिसी हुन लायक भएन। उसलाई अहिले नै हटाउनु पर्‍यो। टियूको सर्टलिष्ट क्यान्डिडेटबाट पनि हटाउनु पर्‍यो।’

सांसद श्रेष्ठले राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानूनसम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.