|

रौतहट : नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। साह कुल १९३ मत ल्याएर निर्वाचित भएका हुन्। 

उनका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मतमात्रै प्राप्त गरे। उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित भए । 

यस्तै सचिव पदमा बाबुराम दाहाल, उपसचिवमा अवधेशकुमार यादव निर्वाचित भएका छन् । 

एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.