|

काठमाडौं : नवलपरासीमा हजुरबुबा र नाती मृतअवस्था फेला परेका छन्। 

सुस्ता गाउँपालिका ३ मर्चहवा ३ बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमार आज विहान ६ बजे मृत भेटिएका हुन्। 

घरदेखि ५ सय मिटर दक्षिणतर्फ छाप्रोमा बसेर खेतीपाती गर्दै आएका उनीहरु १५ मिटर दुरीका छुट्टाछुट्टै छाप्रामा आज विहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक काजीकुमार आचार्यको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको डिएसपी रेशम बोहराले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.