|

बैतडी : बैतडीका एक युवा भारतको बेंग्लोरमा बेपत्ता भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-३ थाम घर भएका ३० वर्षीय वीरेन्द्र विष्ट बेपत्ता भएका हुन्।

वीरेन्द्र ४ दिनदेखि बेपत्ता रहेका उनका आफन्त भानसिंह बिष्टले जानकारी दिए। बेंग्लोरमा सरदारजीका ढाबा रुपेना माडीवाला होटलमा काम गर्दै आएका विष्ट कोठाबाट सरसफाइका लागि साबुन ल्याउँछु भनेर निस्केका थिए।

विष्ट अहिलेसम्म सम्पर्कमा आएका छैनन्। विष्ट बेपत्ता भएपछि खोजीका लागि आफन्तले सबैलाई आग्रह गरेका छन्।

उनलाई कसैले कहीँ कतै देखे  मोबाइल नम्बर ८९०४१४२०४४ मा खबर गरिदिन अनुरोध गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.