|

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले चौथो ओभरमा तीन विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल पहिलो बलमै डक आउट भए भने अर्का ब्याटर अनिल साह ८ रनमा आउट भए।

यस्तै सिल्ली मिडअनमा आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। ज्याक ब्रासेलले डेब्यू विकेट लिएका छन्। क्रिजमा भीम र रोहित छन्।

नेपालले चौथो ओभर सकिँदा ३ विकेट गुमाएर १४ रन बनाएर खेलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.