|

बैतडी : सुदूरपश्चिम प्रदेश सुशील कोइराला मेमोरियल यू–१९ महिला क्रिकेटको च्याम्पियन बनेको छ।

बिहीवार भएको फाइनलमा कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको हो। 

जितका लागि पाएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बलमा ८ विकेट गुमाउँदै भेट्टायो। प्लेयर अफ द फाइनल चुनिएकी मनिषा बोहराले ४१ रनको योगदान गरिन्। कप्तान स्नेहा महराले १६ रन बनाइन् भने हिशिला खड्का ६ रनमा अविजित रहिन्।

कोहलपुरका लागि त्रिसना विश्वकर्मा र आरती महतोले २/२ विकेट लिँदा १ विकेट प्रतिमा शाहले लिइन्।

यसअघि कोहलपुरको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनाएको थियो। 

उसका लागि कप्तान सना प्रविनले अविजित ४० रन बनाइन्। उनले ५२ बलमा ३ चौकाको मद्दतले अविजित ४०, त्रिसाना विश्वकर्माले १२ र रिया शर्माले अविजित १४ रनको योगदान गरिन्।  

सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महाराले २/२ विकेट लिएका थिए। 

उपाधिसहित सुदूरपश्चिम प्रदेशले १ लाख रुपैयाँ हात पार्‍यो। उपविजेता कोहलपुर मेयर-११ ले ५० हजार रुपैयाँ पायो। प्रतियोगिताकै उत्कृष्ट खेलाडी कोहलपुर मेयर-११ कि कप्तान सना प्रविन घोषित भईन् जसले १५ हजार रुपैयाँ हात पारिन्। 

उत्कृष्ट बलर गण्डकी प्रदेशकी रचना चौधरी तथा उत्कृष्ट ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भईन्। दुवैले ५/५ हजार रुपैयाँ प्राप्त गरे। उदीयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकी सावित्री धामी घोषित भईन्।

​समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे।

प्रतियोगितामा कोहलपुर मेयर-११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.