|

ललितपुर : नेपालका तीन महिला खेलाडीले इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज-वानमा भाग लिने भएका छन् । 

नेपाल आर्चरी संघका अनुसार सहभागी हुने खेलाडीमा अनुष्का  शेरचन, गंगा तुम्बापो र तुल्सी थापा छन्। टिमको प्रशिक्षक दीपकराज गुरुङ छन्।

प्रतियोगिता​मंगलबारदेखि ६ दिन चल्नेछ। पेरिसमा हुने ओलम्पिकका लागि आगामी जुलाईमा हुने छनोटको तयारीका रूपमा यो प्रतियोगितालाई लिइएको छ। 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरेका छन्। श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.