|

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाललाई  तेस्रो सफलता मिलेको छ।  कुशल मल्लको पहिलो बलमा नामिबियाका भान लिङगेन आउट भएका हुन्। 

उनले दुई छक्का र ४ चौकाको मद्धतले ३१ रन बनाएका थिए।  यसअघि कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई क्लिनबोल्ड गर्दै  दोस्रो  विकेट लिएका थिए। उनले तीन रन बनाएका थिए। त्यस्तै, सोमपाल कामीको बलमा दिपेन्द्रसिंह ऐरीले नामिबियाका निकोलस डाविन रन आउट गराए।  उनले ८ रन बनाए। 

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको छ। ।

जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर छ।

दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७  विकेटको हार बेहोरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.