|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बैठक आह्वान गरिएको छ। 

आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाएको पार्टीका प्रचार-प्रसार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बैठकमा केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा पनि छलफल हुने उनले बताए।

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.