|

काठमाडौं : नेपाली महिला फुटबल टोलीले  आज  वेस्ट एसियन फुटबल महासंघ​ (वाफ) च्याम्पियनसिपमा  इराकसँग खेल्दैछ।  पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको नेपाली टोलीले आज इराकसँग खेल्न लागेको हो। 

खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा स्थानीय समय अनुसार साँझ ५ बजे हुनेछ। समूह बीमा रहेको नेपाली टोलीले पहिलो खेलमा सिरियालाई हराएर तालिकाको शीर्ष स्थानमा रहेको छ।

 नेपाललाई जित दिलाउन आमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका थिए। इराक भने प्यालेस्टाइनसँग ३–० ले पराजित भएको छ। नेपाल आफ्नो लयलाई कायम राख्दै जित निकाल्न चाहन्छ।​

वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। नेपालले  फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। समूहका दुई शीर्ष टोलीले सेमीफाइनल खेल्नेछन्। समूह एमा जोर्डन, लेबनान, साउदी अरब र गुआम छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.