|

काठमाडौँ : नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।

उनले भने, “टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ, अबको छ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिनेछ।”

त्यसका लागि नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको प्राधिकरणले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.