|

काठमाडौं : नेपाली काग्रेसकी सांसद आरजू राणा देउवाले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो ? भनेर सरकारलाई प्रश्न गरेकी छन्।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी सांसद् राणाले आइतबारको प्रतिनिधिसभामा आफ्नो समितिले किसानहरूलाई दूधको भुक्तानी अविलम्ब गर्न भनेर दिएको निर्देशन कार्यान्वनयको प्रक्रियाबारे चासो राखेकी हुन्। 

‘कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले दूध किसानको पेमेन्टका लागि निर्देशन पठाएको थियो। यो अहिले कहाँ पुग्यो? भनेर सरकारलाई सभामुखमार्फत ताकेता गर्न माग गर्दछु’, उनले भनिन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.