|

काठमाडौं  :   टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा टस जितेर नामिबियाले नेपालविरुद्ध आज पहिले ब्याटिङ गर्ने भएको छ।  खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ। नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन्। नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.