|

काठमाडौं : इङ्लिस क्लब म्यानचेष्टर सिटीले एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा लुटन टावनलाई ६–२ ले पराजित  गर्दै सिटी अन्तिम आठमा प्रवेश गरेको हो। खेलमा एर्लिङ हाल्यान्डले पाँच गोल गरे। 

हाल्यान्डको यो सिटीको लागि आठौं ह्याट्रिक हो। उनी एकै क्लबविरुद्ध पाँच गोल गर्ने दोस्रो खेलाडी बनेका छन्।​ हाल्यान्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए। खेलको तेस्रो मिनेटमै केभिन डि ब्रुयनाको पासमा हााल्यान्डले खाता खोले।

हाल्यान्डले ३, १८, ४०, ५५ र ५८औं मिनेटमा गोल गरेका थिए। उनले सिटीको लागि ८३ खेलमा ७९ गोल गरिसकेका छन्।​ कोभासिकले एक गोल थपे। ब्रुयनाले चार असिस्ट गरेका हुन्। लुटनको लागि जोर्डन क्लार्कले दुई गोल गरे।

गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्ल्याकबर्न रोभर्सलाई पेनाल्टी सुटआउटमा ४–३ले हराएको छ। लेस्टर सिटीले बर्नामाउथलाई १–० ले हरायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.