|

रौतहट : दूध बेचेको पैसा नपाएपछि रौतहटका किसानहरू आन्दोलित बनेका छन्।

दूध बेचेको सात महिनासम्म भुक्तानी नपाएपछि बिहीबार रौतहटका किसानहरू पूर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका हुन् ।दूध उत्पादक किसानहरूले रौतहटको चन्द्रनिगाहापुरमा बिहीबार दुई घण्टा चक्काजाम गरेका छन् । 

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको गत भदौको दोस्रो सातायता फागुन १५ गते सम्मको कुल साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै विभिन्न निजी डेरीहरूले रौतहटका किसानबाट लगेको दूधको ३ करोड रुपैयाँ दिएका छैनन् ।

दूधको पैसा समयमा पाएपछि रौतहटका दूध उत्पादक किसानहरूले आन्दोलित बनेका हुन् । किसानहरूले गरेको चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधन मर्कामा परेका थिए । उनीहरू दुई घण्टासम्म सवारी साधन रोकेर अलपत्र अवस्थामा बस्नुपरेको थियो । 

दुग्ध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार रौतहटका दूध उत्पादक किसानहरूले गत फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए ।  

तर, सुनुवाइ नभएपछि दूध उत्पादक किसानहरूले आज पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहापुरमा २ घण्टा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए । रौतहटमा उत्पादन भएको दूध हेटौंडास्थित डिसी र विभिन्न निजी डेरीले लाने गरेका छन् ।

दूध बेचेको पैसा समयमा डेरीहरूले भुक्तानी नगरेका कारण रौतहटमा दूध उत्पादनमा सक्रिय किसानले पशुलाई दाना खुवाउने पैसासमेत नभएको गुनासो किसानको रहेको छ। 

विगत ७ महिनादेखि दूध विक्री गरेको पैसा नपाएपछि व्यावसायिक रुपमा पशुपालनमा लागेका किसानलाई घर चलाउन समस्या भएपछि आन्दोलन गर्न बाध्य भएको किसानहरूको भनाइ रहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.