|

काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैर-नेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताएका छन्।

बिहीवार नेपाली चलचित्रकर्मीहरुको अन्तर्राष्ट्रिय सञ्जालको प्रथम साधारणसभाको सन्दर्भमा आयोजित ‘सीमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन्। 

उनले नेपाली सिने क्षेत्रलाई अब सीमाना पारी पनि विस्तार गर्न सक्नुपर्ने बताए। उनले सीमाना पारी पुगेका नेपाली र गैर-नेपालीहरुले हेर्न सक्ने गरी नेपाली चलचित्रको स्तर वृद्धि गर्न जरुरी रहेको उल्लेख गरे।

उनले अब नेपाली सिने जगत अरुसँग पनि प्रतिष्पर्धा गर्न सक्ने किसिमले अघि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै कलाकार नीर शाहले चलचित्र क्षेत्रको यो अवस्था हुनुमा चलचित्रकर्मीकै दोषी रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.