|

बैतडी : बैतडीमा भोलि शनिबार ११ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले सूचना जारी गरी शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजे सम्म विद्युत् सेवा अवरुद्ध हुने  जनाएको हो।

जिल्लाका केही क्षेत्रमा ११ केभी प्रशारण लाइनको मर्मत तथा रूखमा लागेका हाँगाबिँगा  काट्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।

काम समयमै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि नै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.