|

काठमाडौँ : नेपाली फिल्म ‘‘महाजात्रा’’को ट्रेलर सार्वजनिक भएको छ। आइतवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।

सार्वजनिक कार्यक्रममा निर्देशक प्रदीप भट्टराईले ‘‘महाजात्रा’’ पैसा र शक्तिले अहिलेको युवा पुस्तालाई दुरुपयोग गरिरहेको कुरालाई फिल्ममार्फत समाजमा देखाउनुपर्छ भनेर फिल्म बनाएको बताए। उनले युवालाई दुरुपयोग गर्नु हुँदैन भन्ने सन्देश दिन फिल्म बनाइएको बताए।

‘किन ‘महाजात्रा’ बन्यो, सिनेमाको सिक्वेलमा आइरहेको छ भन्ने होला। मलाई पनि सिनेमाको सिक्वेल बनाउनु हुँदैन जस्तो लाग्थ्यो‚ बरु अर्को नयाँ चिज बनाउँदा हुन्छ भन्ने लाग्थ्यो‚’ उनले भने, ‘पैसा र पावरले अहिले युथलाई साँच्चिकै कत्तिको मिसयुज गरिरहेको छ भन्ने भन्नु देखाउनु पर्छ। रमाइलो किसिमले भनौँ भनेर बनाएको हो। युवालाई मिसयुज गर्नु हुँदैन भन्ने हेतुले बनाएको हो।’

कलाकार हरिवंश आचार्यले फिल्मका मुख्य गहना भनेको फिल्मका पात्रहरु रहेको बताए। उनले ‘महाजात्रा’ मा आफूले पनि अभिनय गर्न पाएको खुशी लागेको बताए।

‘फिल्मका मुख्य गहना भनेको फिल्मका पात्र हुन्छन्। ‘महाजात्रा’ मा मलाई फिल्म खेल्नुस् भन्ने कुरा आउँछ तर कथा हेरेपछि आत्मविश्वास कसरी बनाउने भन्ने डर लाग्छ‚’ उनले भने, ‘तर प्रदीपले नखेलाउने हो कि भन्ने डर लाग्थ्यो। मैले फोन गरेर पनि सोधेँ।’

फिल्म ‘‘महाजात्रा’’ चैत ९ गते देशभरि प्रदर्शन हुँदै छ।

एक्कासी आइलागेको पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्या रोचक शैलीमा प्रस्तुत गरिएको ‘‘महाजात्रा’’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ।

हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेव लगायतका कलाकारहरुको अभिनय फिल्ममा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.