|

काठमाडौं : साढे पाँच वर्षअघि रामेछापको लिखु गाउँपालिका–२ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ नगरी भगाउन सहयोग पुर्याउने तत्कालीन डीएसपीसहित ११ प्रहरीलाई विभागीय कारबाही हुने भएको छ।

साढे पाँच वर्षअघि डीएसपी सञ्जीव शर्मा दासले किशोरीको हत्या गर्ने श्याम राउतलाई भगाएको निष्कर्षसहित मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको हो।

मध्यक्षेत्रीय प्रहरी कार्यालयले सात जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ भने चार अभियुक्तलाई प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ। रामेछापका तत्कालीन डीएसपी दास, प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेल, प्रहरी नायब निरीक्षक नरबहादुर श्रेष्ठ, हवल्दार शान्ताकुमारी खड्कालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको हो।

मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले सुन्तली तामाङ हत्याकाण्डमाअभियुक्तलाई पत्राmउ गर्न बेवास्ता गरेको भन्दै सातजनालाई विभागीय कारबाही गर्ने भएको छ।
कारबाहीमा पर्नेमा प्रहरी नायब निरीक्षक राजेन्द्रखरेल, प्रहरी सहायक निरीक्षक टलकबहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक फणिन्द्रकुमार थापा, हवल्दार रामलाल श्रेष्ठ, हवल्दार शिवशंकरकुमार सिंह, हवल्दार निरशकुमार साह र जवान भरत केसी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.