|

बैतडी : जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा सोमबार बिहान एक युवक मृत फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७  वर्षीय वीरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए।

आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन गएका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेटिएका हुन्। आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्यांग्रिएर मृत्यु भएको प्रहरीको अनुमान छ। यहाँ दुईदिनदेखि वर्षा र आइतबार रातिदेखि हिमपात भएको छ।

मृतक कुँवर मादक पदार्थ सेवन गर्ने गरेका बताइएको छ। कुँवरका श्रीमतीको यसअघि नै मृत्यु भइसकेको र घरमा १ छोरा र १ छोरी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.