|

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) पार्टी सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ। 

मंगलवार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा उक्त पार्टी सहभागी हुन सकारात्मक देखिएको बताइएको हो। 

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेका बताए। यद्यपि नेकपा (एकीकृत समाजवादी) को बुधवारको बैठकले टुंगो लगाउने पनि उनले स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.