|

विराटनगर : कोशी प्रदेश सरकारले  पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको। आज (बुधबार) बसेको  मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा घाइते भएर उपचारका क्रममा मृत्यु भएका उनका परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो।

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरुको छानबिनका लागि समितिसमेत गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचार लगायतको विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए।

मोरङको उल्लाबारीमा भएको आगलागीको क्रममा  झापा र मोरङमा भएको उपचारको खर्च  बेहोर्ने निर्णय भएको समेत  मन्त्री राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.