|

काठमाडौं : सिन्धुलीमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

ट्र्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका ५ का ३० वर्षीय दिनेश काफ्लेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा बिहीबार बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए। 

कमलामाई नगरपालिका ३ सोलाभञ्ज्याङ तुफानडाँडास्थित भित्री सडकखण्डमा सिन्धुलीबाट चपौलीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त ४११३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कटुवालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.