|

काठमाडौं : सिन्धुलीमा गएराति एक महिलाको शव फेला परेको छ। तीनपाटन गाउँपालिका ४ बालाजोरगाउँको बाँस झ्याङमा स्थानीय ४२ वर्षीया खडकमाया भुजेलको शव भेटिएको प्रहरीले जनाएको छ । 

राति साढे ९ बजे स्थानीयले महिलाको शव भेटिएको जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले उनका श्रीमान मार्फत् शवको पहिचान गराएको प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए। भुजेल गत आइतबार कसैलाई नसोधी घरबाट निस्किएकी परिवारले बताएको छ।

घटनाको प्रारम्भिक अनुसन्धान सकेर शव पोष्टमार्टम गरी उनका श्रीमानलाई बुझाएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.