|

काठमाडौं : चौथो किरात राई प्राज्ञिक संघगोष्ठी–२०८० सुरू भएको छ।  किरात राई प्रज्ञा परिषद्ले नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि संघगोष्ठी सुरू गरेको हो।

प्रतिष्ठानको देवकोटा कक्षमा सुरूभएको यो संघगोष्ठी भोलि शनिबारसम्म हुने छ। ‘पुर्ख्यौली ज्ञान सन्तानलाई वरदान, समृद्ध समाज बौद्धिक अभियान’ यो गोष्ठीको नारा रहेको छ।

उक्त संघगोष्ठी पूर्वमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए। उनले आजको युगलाई मागदर्शन गर्ने बुद्धिजीवीको आवश्यक रहेको बताए।

‘यतिखेर ज्ञान आविष्कारको कारखानामा हामी छौँ,समाजको गहिरो प्राज्ञिक अध्ययन गर्नुपर्छ,आजको युगलाई मार्गदर्शन गर्ने बुद्धिजीवी चाहिन्छ,चिन्तनको अभाव छ,त्यसैले यो ऐतिहासिक भेला यतातिर केन्द्रित हुनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.