|

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। 

मुख्यमन्त्री कमलबहादुर शाहले एक जना विना विभागीयसहित ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेटेर उनले सरकार विस्तार गरेका हुन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

सोही पार्टीका सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। खुशीराम चौधरी विना विभागीय मन्त्री बनेका छन् । 

शुक्रबारै प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि उक्त सरकार अल्पमतमा परेको थियो।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शिवराज भटट्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरीले जिम्मेवारीमा छन् ।

बाँकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफूसँगै राखेका छन्। नागरिक उन्मुक्तिले यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.