|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ गठबन्धनको सरकारलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन्। 

विज्ञप्ति निकालेर नेता खनालले कांग्रेस-माओवादीबीचको गठबन्धन टुटेर अहिलेको सरकार बन्दा आमजनतामा आशाको नयाँ सञ्चार भएको दाबी गरेका छन्। मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएको उनको दाबी छ।

तर नयाँ गठबन्धनको सरकार बनेकै दिनदेखि यसलाई विफल पार्न षड्यन्त्र भइरहेको उनको दाबी छ। ‘सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन्’, उनले लेखेका छन्।

उनले नयाँ गठबन्धन भत्काउन विभिन्न पार्टीमा तानाबाना बुनिँदै गरेको दाबी गरेका छन्। चुनौती बढे पनि यसले वर्तमान गठबन्धनलाई अझ एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत गर्ने उनको तर्क छ। ‘कतिपय पार्टीहरूभित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन्’,उनले भनेका छन्, ‘यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.