|

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण स्थगित भएको छ।

संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा हुन लागेको ‘कमिसन अन दि स्टाटस अफ वुमन’को ६८ओैँ सत्रमा भाग लिन मन्त्री चौधरी जाने तय भएको थियो। भ्रमणका लागि मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति पनि दिएको थियो।

प्रधानमन्त्रीले तत्काल नै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण स्थगन गरिएको जनाइएको छ।

मन्त्री नगएपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.