|

काठमाडौँ : दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या उपप्रधानमन्त्री उपेन्द्र यादवले पहिलो निर्णयका रूपमा दुईवटा निर्णय गरेका छन्।

आइतबार शपथलगतै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका यादवले महत्त्वपूर्ण दुई निर्णय गरेका हुन्। जसमा उनले संघीय निजामती ऐनमा स्वास्थ्य सेवा ऐन समायोजन गर्न कार्यदल बनाउने निर्णय र अर्को निर्णयमा हाल ठूला सरकारी अस्पतालमा शल्यक्रिया गर्न महिनौँ कुर्नुपर्ने बाध्यता सहज बनाउन अनलाइन सिष्टम लागू गर्ने निर्णय गरेका छन्। 

स्वास्थ्य समायोजनमा विविध समस्या रहेका वेला यो कार्यदलले केही सकारात्मक पहलका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ। 

कार्यभार ग्रहण गर्दै उपप्रधानमन्त्री यादवले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सहजमा पुर्‍याउन मन्त्रालयअन्तर्गतका शाखा महाशाखालाई समयअनुकूल अपडेट गर्दै लाने समेत बतााए। यस्तै स्वास्थ्य सेवामा स्वास्थ्य जनशक्ति तथा उपकरण आवश्यकताको रूपमा मात्रै पारदर्शी रूपमा खरिद गर्ने तथा नियुक्ति गर्ने बताए।

मन्त्री यादवले भने‚ 'जनतालाई स्वास्थ्य सेवा सहज ढंगले प्रदान गर्न पुनः स्वास्थ्य मन्त्रालय आएको छु। जति समय रहन्छु जनतालाई सहज गुणस्तरीय स्वास्थ्य सेवा दिन मन्त्रालय र अन्तर्गतका शाखाहरूलाई अपडेट गर्दै लानेछु। यस्तै स्वास्थ्य जनशक्ति तथा उपकरण आवश्यकताका आधारमा पारदर्शी तरिकाले थपिदै लाने मेरो प्रयास हुनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.