|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार भएको बताएका छन्।

ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताए। 

प्रधानमन्त्रीले ग्याल्पो ल्होसारका माध्यमबाट राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका शेर्पालगायत समुदायप्रर्ति शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.