|

काठमाडौं : ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।  

उपचारका क्रममा सोमबार बिहान नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरले जनाएको छ। 

ललितपुर-१० मा उम्मेदवारी दिएर १० पटक अध्यक्ष निर्वाचित भएका उनी धेरै समय जनप्रतिनिधि हुने व्यक्ति हुन्।

उनी २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा उनी रविनमान व्यञ्जनकारसँग पराजित भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.