काठमाडौं : सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपाली कांग्रेसकै कारण वाम–लोकतान्त्रिक गठबन्धन भत्किन पुगेको आरोप लगाएका छन्। कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक बेइमानी गरेको बताइरहँदा सांसद यादवले भने कांग्रेसकै कारण नयाँ समीकरण बनाउनुपर्ने अवस्था उत्पन्न भएको बताएका हुन्।
संसद्मा प्रधानमन्त्रीले प्रस्तुत गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। ‘कांग्रेसकै कारण अगाडिको गठबन्धनमा अश्विासको पैदा भएको थियो। कोशी प्रकरण र महासमिति बैठकमा जुन विषय उठायो त्यसैले अविश्वास बढाएको हो’, उनको भनाइ थियो’, ‘माओवादी अग्रगमनको दिशामा गएको बेला यसलाई सिध्याउन कांग्रेसबाट प्रयास भएपछि गठबन्धन टुटेको हो।’
कांग्रेसबाट व्यवस्था परिवर्तनका लागि प्रमुख भूमिका खेलेको जनयुद्धको अपमान गरेको भन्दै उनले माओवादी जनयुद्ध नभएको भए संघीयता र लोकतन्त्र नै देशमा कसैले बुझ्ने अवस्था नरहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।