|

काठमाडौं : काठमाडौं महानगरपालिकाले साँवा–ब्याज समयमै भुक्तानी गर्न सहकारीबाट ऋण लिएकाहरूलाई ​आग्रह गरेको छ।

महानगरपालिकाको सहकारी विभागले सोमबार सार्वजनिक सूचना जारी गरी ऋणी सदस्यले लिएको ऋण रकमको साँवा–ब्याज भुक्तानीमा विभिन्न बहानाबाजी गरिरहेकोमा ध्यानाकर्षणा भएको जनाएको हो। यस्तै केही पक्षले सहकारी संस्थाको ऋण तिर्नुनपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिका भरमा नलाग्न आग्रह गरेको हो ।

केही सहकारी संस्थामा तरलताको समस्याले सदस्यहरूको बचत फिर्ता गर्न नसकेको अवस्था पाइएको भन्दै महानगरले समयमै ऋण भुक्तानी नगरेमा कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ। महानगरले संघीय सहकारी ऐन–२०७४, बागमती प्रदेश सहकारी ऐन–२०७६ र काठमाडौं महानगरपालिका सहकारी ऐन–२०७४ बमोजिम ऋणी सदस्यको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न लेखी पठाउने चेतावनी दिएको छ। 

‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका कार्यविधि मापदण्ड तथा प्रचलित कानूनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्तबमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको साँवा र व्याज सम्बन्धित सहकारी संस्थामा समउमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यमा अनुरोध छ’, सूचनामा भनिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.