|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन त्रिवि कीर्तिपुरले तीन विधामा पुरस्कारको घोषणा गरेको छ।

स्ववियुले  स्ववियु निर्वाचनको एक बर्ष पार गरेपछि प्राध्यापक तथा विद्यार्थीलाई अनुसन्धानमा प्रोत्साहन गर्न टिचर अफ द इयर’,क्रियाटिभ स्टुडेन्ट अफ द इयर र टियु रिसर्चर अफ द इयर गरी ३ वटा पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो।

यस्तै दस जना विद्यार्थीलाई मिनि(रिसर्चका लागि फण्डिङ गर्ने पनि स्ववियुले घोषणा गरेको छ ।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले वर्षभर गरेका काम र आगामी कार्ययोजना सार्वजनिक गर्दै विद्यार्थीहरूलाई २४ सै घण्टा पुस्तकालय खुला,दैनिक ३ लाख लिटर निःशुल्क पानी उपलब्ध लगायत रचनात्मक कार्यको सम्झौता गरेको जानकारी दिए।

गत वर्ष चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.