|
फाइल

काठमाडौं : राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई ९ मिनेट १८ सेकेण्डमा पाठ सिकाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस पाठ सिक्न तयार रहेको बताएका छन्।

बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले दुई वटा नागरिकताको पाठ सिकाउनुहुन्छ की के को पाठ सिकाउनु हुन्छ भन्दै प्रश्न गरे।

उनले दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउनु हुने हो वा सहकारी ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? लामिछानेले जेमा हात हाल्यो त्यहीँ ठगी गर्ने पाठ सिकाउन लागेको हो ? भन्दै प्रश्न गरे।

उनले राजनीतिमा पहिलो कुरा नैतिकता र चरित्र ठूलो हुने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.