|

काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ।

होली खेल्ने क्रममा दुई समूहबीच भएको ग्याङ फाइटमा रेष्टुरेन्ट सञ्चालकले नै छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले थाहाखबरलाई जानकारी दिएका छन्। 

हत्यामा ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टका सञ्चालक विजय राई मुख्य दोषी देखिएको प्रहरी स्रोतले बताएको छ। प्रहरीले रेष्टुरेन्टका सञ्चालकसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ। 

हत्यामा कसको के भूमिका थियो भनेर खुलिनसकेको तर छुरा भने रेष्टुरेन्टका सञ्चालकले नै हानेको खुलेको ती अधिकृतले बताए। 

गएराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा सुनसरी धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रहरी अहिले अनुसन्धानमै रहेकाले भोलि बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.