|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो।

विभिन्न ३१० कम्पनीका ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर ४९ हजार ५१२ पटक खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ। 

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २ दशमलव ११ र जलविद्युत् समूह १ दशमलव ५८ प्रतिशतले बढेको छ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ३५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २ लाख ३४ हजार ६२४ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.