|

धरान : इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै  त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टी सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २-१ गोल अन्तरले विजयी भएको हो। पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरी मात्र गोल गर्न सफल भए। 

बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे। उनलाई नगद १० हजार प्रदान गरियो। बिहीबार गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्नेछन्। फाइनल खेल शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.