|

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। स्थायी स्वास्थ्यकर्मी र ६ महिनाको करारका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको बताएका छन्।

सोमबार स्वास्थ्यको अर्धवार्षिक समीक्षामा स्वास्थ्यकर्मीले राधिका पुनले धेरैपटक तलब माग माग गरे पनि सुनुवाइ नभएको बताइन्। तलबको विषयमा नगरप्रमुख डम्बर रावत र प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईलेनबोलेको समेत उनको भनाइ छ । काम गर्ने कार्मचारीलाई हौसलासमेत स्वास्थ्यकर्मीको गुनासो छ।

स्वास्थ्य क्षेत्रमा भारी समस्य भएको माग पटकपटक नगरपालिकामा जानकारी गराए पनि प्रतिक्रिया नदिएको स्वास्थ्यकर्मीले गुनासो गरे।

नलगाडको विकास बजेट समेत २० प्रतिशत खर्च नभएको पाइएको छ। प्रमुख प्रशासकीय अधिकृत भट्टराई र अन्य कर्मचारी बीच तालमेल नमिल्दा बजेट खर्चदेखि सेवा प्रवाहसम्ममा समेत असर परेको बताइएको छ। यसैका कारण सबै काम ठप्प भएको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.