|
फाइल तस्वीर

रौतहट : रौतहटमा भइरहेको एसईईको परीक्षा गितका वर्षभन्दा केही फरक हुन सकेको छैन। परीक्षा पुरानै पारामा भइरहेको छ। विगतका वर्षमा शिक्षकले बोर्डमै लेखाउने गरेकोमा यस वर्षबाट मोबाइलका माध्यमबाट डिजिटल चोरी बढेको छ। यस कार्यमा शिक्षक नै संलग्न रहँदै आएको पाईन्छ। 

विभिन्न एसइई परीक्षा केन्द्रबाट परीक्षामा अमर्यादित कार्य गर्ने १२ जना पक्राउ परेका छन्। यही चैत १५ गतेदेखि सुरु भएको एसईईमा सहभागी भएका परीक्षार्थीलाई चिट चोरी गराउने आरोपमा परीक्षा केन्द्रमा खटिएका १२ जनालाई पक्राउ गरिएको बताइएको छ।

मंगलबार रौतहट जिल्लाको मौलापुर नगरपालिकाअन्तर्गत प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई परीक्षा अनुगमन टोलीले मोबाइलमार्फत चिट चोराउँदै गरेको अवस्थामा पक्राउ गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख राम विनय सिंहले जानकारी दिए ।

हाल सञ्चालन भइरहेको एसइई परीक्षालाई मर्यादित बनाउने उद्देश्यले नियमित रुपमा परीक्षा अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न ३१ परीक्षा केन्द्रबाट १७०० थान मोबाइल जफत गरिएको जिल्लास्तरीय परीक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

परीक्षा हलमा जाँच गर्ने क्रममा जफत गरिएको मोबाइल तथा चिट चोराउने कार्य गर्ने आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गरी कानूनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.