|

काठमाडौं : सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यूबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ । 

बिहान १० बजे बस्ने बैठकपछि उपयुक्त निर्णय लिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्राईले जानकारी दिए। उनका अहिले अवस्था सामान्य रहेको छ। 

बिहिवार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका-१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो। 

शुक्रबार दिनभरजसो तनावग्रस्त  बनेको सुनसरीमा ३१ राउण्ड हवाई फायर गरिएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी घाइते भएका थिए। यस्तै प्रदर्शनकारीतर्फका १० जना घाइते भएका थिए।

शुक्रबार दिउँसो २ स्थानीय तहका निश्चित क्षेत्रमा निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि कर्फ्यू लगाएको हो। प्रशासनले इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.