|

काठमाडौं : आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा आर्सनले ब्राइटनमाथि ३–० को प्रभावशाली जित निकाल्यो। 

यो जितमा बुकाया साका, काइ हार्भटेज र लियान्ड्रो ट्रोसार्डले गोल गरे। यससँगै आर्सनलको ३१ खेलबाट ७१ अंक भयो । तेस्रोमा रहेको म्यानचेस्टर सिटीले अर्को खेलमा क्रिस्टल प्यालेसलाई ४–२ ले पराजित गर्‍यो। सिटीको ७० अंक छ।

शनिबारका अन्य खेलमा एभरटनले बर्नलीलाई १–०, न्युकासल युनाइटेडले फुलहमलाई १–०, लुटन टाउनले बर्नमाउथलाई २–१ र वेस्ट ह्यामले उल्भ्सलाई २–१ ले हरायो। 

एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३–३ को बराबरी खेले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.