|

काठमाडौं : आयरल्यान्ड उल्भ्सले नेपाल एसँगको तेस्रो एक दिवसीय खेलमा टस जितेर पहिले ब्याटिङ थालेको छ। 

कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको खेलमा आयरल्यान्ड उल्भ्सले टस जितेर पहिले ब्याटिङ थालेको हो। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ।

नेपालले पहिलो र दोस्रो दुवै लो स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि पाहुना टोली ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भएको थियो।  

यस्तै दोस्रो खेलमा पनि नेपालले १७४ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। नेपालले ६० रनमा सबै विकेट गुमाएर लज्जस्पद हार बेहोरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.