|

विराटनगर : कोशी प्रदेश सरकार परिवर्तनका  विषयमा प्रारम्भिक छलफल  सुरु भएको छ। आइतबार   गठबन्धन दलका  नेताहरू बीच छलफल  सुरु भएको हो।

बैठक  सकारात्मक भएको र  चाँडो  सरकार परिवर्तनको प्रक्रियामा जाने भन्ने छलफल भएको  एमाले  संसदीय दलका प्रमुख सचेत रेवती रमण  भण्डारीले  जानकारी दिए।

अन्य दलका नेताहरु  काठमाडौं गएको  र आएपछि  थप नेताहरुसहित बैठक बस्ने सहमति भएर बैठक टुङ्गिएको उनको भनाइ थियो।

बैठकमा एमाले नेता हिक्मत कार्की,  उपनेता राम राना साथै माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो,  दुर्गा चापागाईं र  जीवन आचार्यको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.