|

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।

सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

नेकपा एमालेले पनि समर्थन फिर्ता लिएर सोमबार नै प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकारको दाबी पेश गर्ने निर्णय भएको छ ।

प्रदेश सभाको विशेष अधिवेशन आव्हानका लागि सोमबारै समावेदन दिने पनि आङ्बोले जानकारी दिए ।

कोशीमा संविधानको अन्तिम विकल्प धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन्। उनी नेकपा एमालेकै समर्थनमा मुख्यमन्त्री बने पनि केन्द्रीय समीकरण फेरबदलसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गरिएको हो।

तर संविधानको कुन धारामा टेकेर सरकार बनाउने भन्नेबारे अन्यौल रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.