काठमाडौं : तमु (गुरुङ) जातिको परम्परागत पर्व ट्होटेका अवसरमा कास्कीका तीन स्थानीय तहले मंगलबार बिदा दिएका छन् । मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका हुन् ।
तीनै पालिकाले सूचना जारी गरी गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएका छन् ।
गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार ट्होटे पर्व मनाउँछन्। गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतलगायतका जिल्लाका गुरुङ समुदायमा ऐतिहासिक एवं साँस्कृतिक चाडका रूपमा ट्होटे मनाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।