|

काठमाडौं : पोखरा महानगरपालिकामा कार्यरत सव–इन्जिनियर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुससहित पक्राउ परेका छन्। 

उनीहरुलाई  बुधबार साँझ १ लाख ५० हजार रूपैँया घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.