|

पर्वत : पर्यटन राजधानी पोखरालाई ध्वनि प्रदूषणरहित बनाउन लागिपरेको कास्की प्रहरीले पछिल्लो समयस्वरूप परिवर्तन गरिएका मोटरसाइकलमा निकै कडाइ गरिरहेको छ।

स्वरूप परिवर्तन गरिएका मोटरसाइकलले चर्को आवाज निकाल्दा समाजमा असर परेको भन्दै यसमा प्रहरीले कडा निगरानी गरिरहेको छ। त्यस्ता मोटरसाइकल चलाउने व्यक्तिलाई २५ दिनसम्म थुनामा राख्ने अभियान सुरु गरेको  प्रहरीले ध्वनि निकाल्ने प्लास्टिकजन्य खेलौनामा पनि कडाइ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडमा हुन लागिरहेको ‘१९ औँ फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ती सामग्रीहरू नियन्त्रणमा लिइएको हो।

विभिन्न चाडपर्व, मेलापर्वहरुमा विभिन्न किसिमका ध्वनि प्रदूषण हुनेगरी प्लास्टिकका बाजाहरू बजाउँदै हिँड्ने चर्को ध्वनि प्रदूषण गर्ने गरिरहेको भन्ने विगतका चाडपर्वहरूमा जनगुनासो प्राप्त हुने गरेकोले जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले यसको खोजी सुरु गरेका थिए।

चाडपर्व तथा मेला पर्वमा ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले पोखरा महानगरपालिका–३ तेर्सापट्टिबाट प्लास्टिकका ठुला र साना बाजाहरू सात सय १५ थान तथा पोखरा महानगरपालिका–६ लेकसाईडबाट एक हजार दुई सय थान गरी कुल एक हजार नौ सय १५ वटा ध्वनि प्रदूषण गर्ने प्लास्टिकका बाजाहरू नियन्त्रणमा लिइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.