|

काठमाडौं : राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकबारे पनि छलफल हुनेछ। कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ । 

त्यसपछि मन्त्री साहले विधेयकमा ‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.