|

काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.